टुरिजम डेभलपमेन्ट बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पुरा गरी आठौं बर्ष प्रवेशको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मिति २०७३/१२/०९ गते बुधबारको दिन बैंकको मुख्य शाखा, ठमेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

रक्त सञ्चार केन्द्रमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमबाट थोरै भएपनि सहयोग पुग्ने विश्वासका साथ उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘रक्तदान ! जीवनदान !!’  भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उत्साहजनक सहभागिता थियो ।

स्थापनाको सात वर्ष पुरा गरेको यस् बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ भने बैंकले १ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दैं आइरहेको छ ।

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np