प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरुको शुरुवात

 
आफ्नो स्थापनाकालको सातौं वर्ष पुरा गरी हाल आठौं वर्षमा आफ्नो सेवा सञ्चालन गरिरहेको यस टुरिजम् डेभलपमेन्ट बैंक लि. ले प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरुलाई आफ्ना आदरणीय ग्राहकवर्गहरु समक्ष प्रस्तुत गर्न लागिरहेको छ । यस बैंक ग्राहकको आधार, व्यवसाय तथा शाखा कार्यालय लगायतको विस्तारसंगै ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा सुबिधालाई अझै परिष्कृत, अत्याधुनिक विश्वसनिय, प्रबिधिमैत्री एवं पहुँचमुखी बनाउन सदा झै प्रतिबद्घ छ । यस क्रममा बैंकले आफ्नो व्यवसाय विस्तारका साथै आफुले प्रदान गर्दै आएको प्रबिधिमा आधारित बैंकिङ सेवालाई अझ सुरक्षित् तथा प्रभावकारी तथा विस्तारित बनाउने निम्न बमोजिमका नयाँ योजनाहरुको शुरुवात गरेको सहर्ष जानकारी गराउन चाहन्छौं ।
१. ई.एम.भी चिप (EMV CHIP) प्रविधिमा आधारित भिषा डेबिट कार्ड/यूएस डलर कार्ड/अन्तराष्ट्रिय ट्राभल कार्ड जारी गरिएको
  • यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक ई.एम.भी चिप (EMV CHIP) प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित छन् ।
  • भिषा डेबिट कार्ड नेपाल र भारतका एक लाखभन्दा बढी ए.टि.एमहरुमा चल्छ ।
  • भिषा अन्तराष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने ।
  • बैंकले भिषा डेबिट तथा अन्तराष्ट्रिय ट्राभल कार्ड अरु बैंकहरु भन्दा सस्तो शुल्कमा जारी गरिएको ।
 
२. स्र्माट मोबाईल बैंकिङ सेवा (TDBL Bank Smart) शुरु गरिएको
  • यस नयाँ प्रविधिको मोबाईल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै GPRS अथवा WIFI बाट अब ग्राहकहरुले विश्वको कुनै पनि ठाउबाट आफ्नो खाताबाट कारोबार गर्न सक्नेछन् ।
  • बैंकका नयाँ शाखाहरु, खाताहरु, सेवा लगायत ए.टि.एम संजालको बारेमा जानकारी प्राप्त गर्न सकिने।
  • अन्तर बैंक भूक्तानी गर्न सकिने ।
  • वस्तु तथा सेवा खरिद वापत भुक्तानी गर्न सकिने ।
३. पोईन्ट अफ् सेल्स (PoS) मेशिन शुरु गरिएको
  • यी मेशिनहरु ई.एम.भी चिप प्रविधिमा आधारित भएकाले कारोबार अझ सुरक्षित हुने।
  • उक्त नयाँ सेवाबाट व्यवसायीहरुलाई आफ्नो व्यवसाय बढाउन मद्दत पुग्नेछ भने ग्राहकहरुले कुनै पनि बैंकको डेबिट/क्रेडिट कार्डबाट सहज एवं सरल रूपमा कारोबार गर्न सक्नेछन् ।
 
४. अनलाइनबाट शेयर भर्ने व्यवस्था
  • बैंकले हाल प्रदान गर्दै आएको आस्वा (ASBA) सेवालाई प्रभावकारी बनाउदैं ग्राहकहरुलाई थप सुविधा दिनका लागि छिट्टै अनलाइनबाट शेयर भर्ने व्यवस्था गर्दैछ ।
 
५. शाखा संजाल बिस्तार योजना
  • बैंकले ८ नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउन्टर संचालनमा ल्याउने योजना गरेको छ ।
  • बैंकले रुपन्देहीको कटैया, काठमाडौको ज्ञानेश्वर, कंचनपुरको महेन्द्रनगर र झापाको दमकमा शाखा खोल्ने प्रक्रिया शुरू गरिसकेको छ भने बाँकी शाखा तथा एक्सटेन्सन काउन्टरहरु प्रकृयामा रहेका छन् ।
  • बैंकले वित्तिय पहुंच नभएको केही स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गर्न समेत सोच बनाएको छ ।
६. परामर्श सेवा
  • बैंकले कानूनको परिधिभित्र रहेर बैदेशिक लगानीकर्ताहरुका लागि परामर्श सेवाको शुरुवात गर्ने योजना रहेको छ ।
  • यसै क्रममा बैंकले जापानी लगानीकर्ताहरुसंग छलफल गरिरहेको र छिट्टै द्विपक्षिय    सहमति हुने अपेक्षा रहेको छ ।
 
७. बैंकका अन्य विशिष्टिकृत सेवाहरु
  • वैदेशिक मुद्रामा सबैभन्दा ठूलो आकारको कारोबार गर्ने विकास बैंक रहेको,
  • स्विफ्ट (SWIFT), NOSTRO & INR ड्राफ्ट सेवा प्रदान गरिरहेको,
  • पर्यटन व्यवसाय प्रवद्र्घन एवं लगानीमा अग्रणी बैंक रहेको।
धन्यवाद!
 
हस्ताक्षर
महेश शर्मा ढकाल
प्रमुख कार्यकारी अधिकृत
मितिः २०७४ असार ११ गते, आइतबार

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np