बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले हालैमात्र नेपालको तराई मधेश क्षेत्रमा भएको अविरल बर्षाबाट आएको बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ बैंक र बैंकका कर्मचारीको तर्फबाट गरी रु. १२ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको छ । उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेल, संचालकहरु दिपक महत, ठाकूर प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सम्मिलित टोलीले सम्माननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको छ । बैंकले स्थापनाकालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दैे राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको छ । बैंक, यो सहयोगले थोरै भएपनि पिडित परिवारहरुलाई राहत पुग्नेछ भन्नेमा विश्वास राख्दै भविष्यमा पनि निरन्तर सहयोगको प्रतिबद्वता जनाउँदछ । 
धन्यवाद ।
 
महेश शर्मा ढकाल
प्रमुख कार्यकारी अधिकृत        
मितिः २०७४/०५/२५, आइतबार

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np