टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ७औं वार्षिक साधारण सभा सम्पन्न




टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ७ औं वार्षिक साधारण सभा मिति २०७४ मंसिर ४ गते का दिन कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले  बैंकको आर्थिक वर्ष २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका  वित्तिय विवरणहरु पारित गर्यो ।
त्यसैगरि सभाले टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित बोनश शेयरको रकम रु.१७,१०,७७,५००।–(सत्र करोड दस लाख सतह्तर हजार पाँच सय रुपैया ), बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले टुरिजम् डेभलपमेन्ट बैंक लि. र मेगा बैंक लि. एक अर्कामा गाभ्ने  प्रस्तावलाई  पारित गर्दै मर्जरका लागि स्वीकृति प्रदान गरेको छ।
बैंक स्थापनाकालदेखि नै आफ्ना ग्राहकहरुलाई नयां तथा गुणस्तरिय सेवा दिनमा प्रतिबद्ध रहेको छ ।  साथै आफ्ना सेवाहरुलाई आधुनिकीकरण गर्दै पूर्वनिर्धारित योजना अनुरुप शाखा संजाल विस्तार गर्दै देशका विभिन्न क्षेत्रमा बस्ने आमजनसमुदायलाई प्रदान गरिने  सेवालाई निरन्तरता दिइनेछ।
धन्यवाद
 
 
महेश शर्मा ढकाल
प्रमुख कार्यकारी अधिकृत                                                                        
मितिः २०७४/०८/०४,  सोमबार

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np