मातृभूमि विकास बैंक लिमिटेड र कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी टुरिजम् डेभलप

मातृभूमि विकास बैंक लिमिटेड र कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आजबाट एकीकृत कारोबारको शुभारम्भ



टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले १ जिल्ला कार्यक्षेत्र भएको मातृभूमि विकास बैंक लिमिटेड र ३ जिल्ला कार्यक्षेत्र भएको कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति पश्चात टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आजदेखि विधिवतरुपमा एकीकृत कारोबारको शुभारम्भ गरेको छ ।

एकीकृत कारोबारको शुभारम्भको औपचारिक उद्घाटन यस बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलज्यूले आज आयोजित एक विशेष कार्यक्रम बीच गर्नुभयो । कार्यक्रममा तीनवटा संस्थाका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु, कार्यकारी प्रमुखहरु तथा संस्थापक शेयरधनी महानुभावहरुको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलज्यूबाट प्राप्ति गरिएका दुवै बैंकका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु तथा कार्यकारी प्रमुखहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । प्राप्ति पश्चात बैंकको चुक्ता पुंजी रु. ९१ करोड ९७ लाख पुगेको छ भने बैंकको कुल निक्षेप रु. १० अर्ब ५० करोड र कर्जा रु. ९ अर्ब २० करोड पुगेको छ । त्यसैगरी बैंकको कुल शाखा संख्या २२, एक्सटेन्सन काउन्टर – १, ए.टी.एम संख्या १२ र ग्राहक संख्या करिब १ लाख पुगेकोे छ ।

धन्यवाद !


महेश शर्मा ढकाल
प्रमुख कार्यकारी अधिकृत                
मितिः २०७३ पुष २४ गते, आइतबार

Media Center

View All

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np