Corporate Social Responsibility

मिति २०७३/१२/०९ गते बुधबार:
टुरिजम डेभलपमेन्ट बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पुरा गरी आठौं बर्ष प्रवेशको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मिति २०७३/१२/०९ गते बुधबारको दिन बैंकको मुख्य शाखा, ठमेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

रक्त सञ्चार केन्द्रमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमबाट थोरै भएपनि सहयोग पुग्ने विश्वासका साथ उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘रक्तदान ! जीवनदान !!’  भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उत्साहजनक सहभागिता थियो ।

स्थापनाको सात वर्ष पुरा गरेको यस् बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ भने बैंकले १ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दैं आइरहेको छ ।
 
 

२०७३ चैत्र ७ गते, सोमबार:
धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पुरा गरी आठौँ बर्ष प्रवेशको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई रु.५,००,००० (अक्षरुपी पाचँ लाख रुपैँया) आर्थिक सहयोग ।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्ने धुर्मुस सुन्तली फाउण्डेशनको उच्च सोचको प्रशंसा गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, श्री मनोज खड्काज्यूले फाउण्डेशनकी कोषाध्यक्ष श्री कुञ्जना घिमिरेज्यूलाई २०७३ चैत्र ७ गते, सोमबारको दिन बैंकको बानेश्वर स्थित प्रमुख कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको छ ।

 
 

बागमती सफाइ महाअभियानलाईटुरिजम् डेभलपमेन्ट बैंकको सहयोग


टुरिजम् डेभलपमेन्ट बैंकले बागमती सफाइ महाअभियान २०७० को २००औं हप्त्ताको विशेष अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अभियानलाई आवश्यक विभिन्न सरसफाइका सामग्रीहरू प्रदान गरेको छ ।

यसै अवसरमा आयोजित विशेष कार्यक्रममा यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकालले अभियानलाई आवश्यक पर्ने बुटजुत्ता, पञ्जा, मास्क, डोकोे ,दाँते कोदालो गरि रू एक लाख भन्दा बढी मुल्यका सामग्रीहरू यस अभियानका प्रमुख अभियन्ता एवं नेपाल सरकारका मुख्य सचिव श्री सोमलाल सुवेदीज्यूलाई कार्यक्रमका प्रमुख अतिथि एवं माननीय स्वास्थ मन्त्री श्री गगन थापाज्यूको समुपस्थितिमा हस्तान्तरण गर्नुभयो । साथै उक्त सरसफाइ कार्यक्रममा यस बैंकका कर्मचारीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।  
 

20th Chaitra 2072:
Free Health Camp service at Khanikhola, Okharpauwa

As a continuation of 6th Annual Day celebration, the bank conducted free health camp in earthquake affected area i.e. Khanikhola, Okharpauwa-2 of Nuwakot district.

One day free health camp was organized on Chaitra 20 as a part of Corporate Social Responsibility of the bank.


Altogether 200 people including children and senior citizens benefitted from the free health camp. The health camp was conducted in coordination with Himal Hospital Pvt Ltd, Gyaneswor, Kathmandu, Khanidevi Sana Kisan Agriculture Cooperative and local school of the area.


चैत्र ५ २०७१ - टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको पाँचौं बर्ष पुरा गरी छैठौं बर्ष प्रवेशको अवसर पारेर नेपाल सरकारकामुख्य सचिव श्री लिलामणि पौडेलज्यूको गरिमामय उपस्थितिमा काठमाण्डौंको पर्यटन केन्द ठमेल क्षेत्रमासरसफाई कार्यक्रमतथा रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np