Online ASBA प्रणालीको शुरुवात

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि  Online ASBA प्रणालीको शुरुवात गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं । धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा, यस बैंकमा खाता खोल्नु भएका आदरणीय ग्राहक महानुभावहरुले इन्टरनेट बैंकिङ्ग  मार्फत घरमै बसी आवेदन दिन सक्नु हुनेछ । इन्टरनेट बैंकिङ्ग मार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी शेयर आवेदन स्विकार गर्ने छ । शेयर बाँडफाँड पश्चात बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिने छ ।
अन्य जानकारीका लागि बैंकको नजिकका शाखा कार्यालयहरुमा सम्पर्क राख्नु हुन् अनुरोध गरिन्छ ।

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
New Baneshwor ,Kathmandu, Nepal
Tel: 977-1-4485480, 977-1-4487071, 977-1-4487072
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT :
TDBLNPKA
E-mail : info@tdbl.com.np